ब्राउन सुगरसहित कोटेश्वरबाट ८ जना पक्राउ
काठमाडाैं | साउन ३१, २०८१
काठमाडौं: अवैध लागुऔषध ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गरी प्रहरीले उनीहरुका साथबाट ३३.७६ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
ललितपुरका २७ वर्षीय रफिस अवाले, काभ्रेपलाञ्चोक नमोबुद्धका १९ वर्षीय रिसफ श्रेष्ठ, मोरङ कानेपोखरीका २१ वर्षीय रेमन राई, बेलबारीका ३३ वर्षीय अमितकुमार चौधरी र ३६ वर्षीय प्रमोद राई, पाँचथरको मिक्लाजुङका २८ वर्षीय मेहरमान भुजेल र फिदिमका २७ वर्षीय टिम्पल तामाङ, फाल्गुनन्दका २९ वर्षीय भीमकुमार चेम्जोङ पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले आज जानकारी दिएको हो ।
प्रहरीले उनीहरुका साथबाट लागुऔषध ट्रामाडोल आठ ट्याब्लेट, मोटरसाइकल र स्कुटर एक÷एक थान, नगद रु ५५ हजार दुई सय, १४ थान मोबाइल, आइप्याड एक थान, झोला एक थान, तौल गर्ने डिजिटल मेसिन एक थान र पर्स एक थान बरामद गरेको छ ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

